Logo

बुधवार, कार्तिक १२ गते २०८३

बर्दियामा यात्रुवाहक बस दुर्घटना, चार घाइते, चालक सम्पर्कविहीन

बर्दियामा यात्रुवाहक बस दुर्घटना, चार घाइते, चालक सम्पर्कविहीन

जोईन खबर

२१, बैशाख २०८३
  • 184
    SHARES
  • बर्दियामा यात्रुवाहक बस दुर्घटना, चार घाइते, चालक सम्पर्कविहीन

    २१ वैशाख काठमाडौँ । सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस बर्दियामा दुर्घटनामा परेको छ। बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३३८६ नम्बरको बस आज बिहान करिब ३ बजेतिर बारबर्दिया नगरपालिका–९ वनगाई क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

    images

    दुर्घटनामा चार जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना अझै उपचाररत रहेका छन्।

    images
    images
    images

    प्रहरीका अनुसार दुर्घटनापछि बस चालक सम्पर्कविहीन रहेका छन्। घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार कार्य सञ्चालन गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउँदै चालकको खोजी कार्य पनि तीव्र बनाएको जनाएको छ। 

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - ११:०८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको