Logo

बुधवार, कार्तिक १२ गते २०८३

 विश्वकर्माको मृत्यु प्रकरणमा दलित समुदायको आन्दोलन, प्रधानमन्त्रीप्रति आक्रोश

 विश्वकर्माको मृत्यु प्रकरणमा दलित समुदायको आन्दोलन, प्रधानमन्त्रीप्रति आक्रोश

जोईन खबर

२१, बैशाख २०८३
  • 373
    SHARES
  •  विश्वकर्माको मृत्यु प्रकरणमा दलित समुदायको आन्दोलन, प्रधानमन्त्रीप्रति आक्रोश


    २१ वैशाख काठमाडौँ । सिन्धुलीको खुर्कोट प्रहरी चौकीमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग गर्दै दलित समुदायले काठमाडौँमा आन्दोलन सुरु गरेका छन्। आइतबार माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै चर्को नाराबाजी गरेका हुन्।

    images

    प्रदर्शनमा सहभागीहरूले श्रीकृष्णको मृत्यु प्रहरी चौकीभित्रै भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन ढिलाइ भइरहेको आरोपसमेत लगाएका छन्।

    images
    images
    images

    मृतकका आफन्तले प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरे पनि समय नपाएको गुनासो गर्दै आफूहरू बाध्य भएर सडकमा उत्रिनुपरेको बताएका छन्। उनीहरूका अनुसार न्यायका लागि पटक–पटक आग्रह गर्दा पनि राज्य पक्ष गम्भीर नदेखिएको आरोप छ।

    संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिएका छन्। प्रधानमन्त्री स्वयं गृह तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेको अवस्थामा पीडित परिवारले भेट्नसमेत नपाउनु गम्भीर विषय भएको उनले बताए।

    उनले सरकारले गठन गरेको छानबिन समितिप्रति पनि असन्तुष्टि जनाए। प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनअन्तर्गत पर्ने भएकाले सोही मातहतबाट बनेको समितिले निष्पक्ष प्रतिवेदन दिन नसक्नेमा आफूहरू सशंकित रहेको उनले उल्लेख गरे। घटना भएकै खुर्कोट प्रहरी चौकीबाट छानबिन सुरु गर्नुपर्ने र परिवारलाई कानुनी रूपमा मुद्दा दर्ता गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने उनको माग छ।

    विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलित समुदायमाथि हुने सबै प्रकारका हिंसा र हत्या अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। साथै, न्याय प्राप्तिको लडाइँमा सरकार जिम्मेवार नबने आन्दोलनलाई अझ कडा बनाउने चेतावनीसमेत दिएका छन्।

     

     

     

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - ११:३३:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको