Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा क्षेत्र नं.२ मा सांसद  बुर्लाकोटीको जनभेटघाट कार्यक्रम, पालुङटारका विभिन्न वडामा छलफल

गोरखा क्षेत्र नं.२ मा सांसद  बुर्लाकोटीको जनभेटघाट कार्यक्रम, पालुङटारका विभिन्न वडामा छलफल

जोईन खबर

२१, बैशाख २०८३
  • 319
    SHARES
  • गोरखा क्षेत्र नं.२ मा सांसद  बुर्लाकोटीको जनभेटघाट कार्यक्रम, पालुङटारका विभिन्न वडामा छलफल

    २१ वैशाख काठमाडौँ । गोरखा क्षेत्र नं. २ का संघीय सांसद कविन्द्र बुर्लाकोटीले पालुङटार नगरपालिकाका विभिन्न वडामा जनभेटघाट तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएका छन्। यही २०८३ साल वैशाख २१ गते तय गरिएको कार्यक्रमअनुसार दिनभर विभिन्न स्थानमा स्थानीय सरोकारका विषयमा प्रत्यक्ष संवाद गरिने जनाइएको छ।

    images

    कार्यक्रम बिहान ७ : ०० बजे वडा नं. ६ को पौवाटारबाट सुरु हुनेछ, जहाँ वृत्ति–सेरा–पौवाटार सडक विषयमा स्थलगत छलफल तथा समसामयिक विषयमा अन्तरक्रिया गरिनेछ। त्यसपछि बिहान ८ : ३० बजे वडा नं.७ को ढल्केबरस्थित बेवारिसे सरकारी अपार्टमेन्ट प्राङ्गणमा उक्त भवनको उपयोगिता, साथै वडा नं. ७ र ८ मा भइरहेका विकास निर्माणका कामबारे छलफल हुने कार्यक्रम छ।

    images
    images
    images

    बिहान ११ : ०० बजे वडा नं. ५ को हवाई ग्राउन्डमा तुरतुरे–राधाकृष्ण मन्दिर सडक खण्डमा देखिएको ढिलासुस्ती, जनताले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल गरिनेछ। दिउँसो १२स्३० बजे वडा नं. ४ मा मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलासुस्ती, सहजीकरण र समाधानका उपायसहित अन्य जनसरोकारका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ।

    त्यसैगरी, दिउँसो २ : ०० बजे वडा नं.३ को डुम्रे डाँडामा दूधपोखरी मार्ग सडकको प्रगति तथा विस्तार सम्बन्धमा छलफल हुनेछ। अन्तिम चरणमा दिउँसो ३ : ३० बजे वडा नं. २ स्थित आँपपिपल अस्पतालको अवलोकन तथा निरीक्षण गर्दै अस्पतालको सुशासन, सेवा विस्तार र व्यवस्थापन सम्बन्धी विषयमा अस्पताल प्रशासनसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

    आयोजकका अनुसार बाँकी वडाहरूमा जनभेटघाट तथा छलफल कार्यक्रम आगामी दिनमा सञ्चालन गरिनेछ। उक्त कार्यक्रममार्फत स्थानीय समस्या पहिचान, समाधानका उपाय खोजी तथा जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको बताइएको छ।

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - ११:५७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको