२१ वैशाख काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत कल्चर भिलेज नजिकको घुम्तीमा टमाटर बोकेको गाडी दुर्घटना हुँदा सामान पूर्ण रूपमा नष्ट भएको छ। आज साँझ करिब ७:४० बजे लु १ च ६७६१ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घुम्ती सडकमा सन्तुलन गुमाउँदा गाडी दुर्घटनामा परेको हो। दुर्घटनापछि गाडीमा लोड गरिएको टमाटर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। चालकसहित सवार व्यक्तिहरू सुरक्षित रहेका छन्।
दुर्घटनापछि केही समय सडक आवागमन प्रभावित भए पनि प्रहरीको सक्रियतामा स्थिति सामान्य बनाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।