Logo

बुधवार, कार्तिक १२ गते २०८३

संवैधानिक परिषद अध्यादेश, हिजो फिर्ता, आज फेरि राष्ट्रपतिसमक्ष सिफारिस

संवैधानिक परिषद अध्यादेश, हिजो फिर्ता, आज फेरि राष्ट्रपतिसमक्ष सिफारिस

जोईन खबर

२१, बैशाख २०८३
  • 319
    SHARES
  • संवैधानिक परिषद अध्यादेश, हिजो फिर्ता, आज फेरि राष्ट्रपतिसमक्ष सिफारिस

    २१ वैशाख काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई लिएर सरकार र राष्ट्रपतिबीचको प्रक्रियागत चरणले नयाँ मोड लिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त अध्यादेश पुनः जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

    images

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश पुनर्विचार गर्नुपर्ने भन्दै हिजो सरकारलाई फिर्ता पठाएका थिए। राष्ट्रपतिबाट फिर्ता आएको अध्यादेशमा आवश्यक छलफल तथा पुनः निर्णयपछि सरकारले फेरि सिफारिस गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो। उनले सरकार आफ्नो निर्णयमा स्पष्ट रहेको र संवैधानिक प्रक्रियाअनुसार अघि बढिरहेको बताए।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेशले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया, बैठक सञ्चालन तथा सिफारिस प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको सरकारको दाबी छ। तर यस विषयमा राजनीतिक तथा कानुनी बहस भने जारी नै रहेको छ।अब राष्ट्रपतिले पुनः सिफारिस गरिएको अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने विषय चासोका साथ हेरिएको छ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - १३:३३:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको