२१ वैशाख काठमाडौं । कपन साततले क्षेत्रमा आज बिहान एकैसाथ १३ वटा डोजर प्रयोग गरी अवैध रूपमा निर्माण गरिएका घर तथा संरचना भत्काइएको छ। स्थानीय प्रशासन र महानगरपालिकाको संयुक्त टोलीले विशेष अभियान सञ्चालन गर्दै ठूलो संख्यामा डोजर परिचालन गरेको हो।
महानगरका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरहरूलाई पटक–पटक सूचना दिँदा समेत नहटाइएपछि बाध्य भएर डोजर प्रयोग गरिएको जनाइएको छ। बिहानैदेखि सुरु गरिएको अभियानका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाले भने पर्याप्त समय नदिइएको गुनासो गरेका छन्। केहीले आफूहरू वैकल्पिक व्यवस्था बिना विस्थापित हुनुपरेको बताएका छन् भने केहीले सरकारले मापदण्ड स्पष्ट नगरी एक्कासी कारबाही गरेको आरोप लगाएका छन्।
यता महानगरले भने कानुनअनुसार नै कारबाही गरिएको दाबी गरेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी विकासका लागि यस्ता अभियान निरन्तर चल्ने महानगरका अधिकारीहरूले बताएका छन्।घटनापछि उक्त क्षेत्रमा केहीबेर तनावको स्थिति देखिए पनि सुरक्षाकर्मीको उपस्थितिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको