२१ वैशाख काठमाडौं । नेपाल दलित संघ का अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन थापा लाई सम्बोधन गर्दै औपचारिक राजीनामा पत्र बुझाएका हुन्।विश्वकर्मालाई तत्कालीन सभापति शेरबहादुर देउवा ले २०८० असोज १३ गते नेपाल दलित संघको अध्यक्षमा नियुक्त गरेका थिए।
करिब आफ्नो कार्यकाल चलाइरहेका उनले हाल पारिवारिक तथा शारीरिक कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।राजीनामा पत्रमार्फत उनले आफूले जिम्मेवारी सम्हाल्दा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
साथै संगठनलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउन नयाँ नेतृत्व आवश्यक रहेको संकेतसमेत गरेका छन्।दलित संघभित्र नेतृत्व परिवर्तनसँगै अब संगठनको आगामी नेतृत्वबारे छलफल सुरु हुने अपेक्षा गरिएको छ। कांग्रेस नेतृत्वले राजीनामा स्वीकार गर्ने वा नयाँ प्रक्रिया अघि बढाउने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन।
