Logo

बुधवार, कार्तिक १२ गते २०८३

अत्यधिक वर्षापछि बीपी राजमार्ग बन्द, यात्रु सुरक्षालाई प्राथमिकता

अत्यधिक वर्षापछि बीपी राजमार्ग बन्द, यात्रु सुरक्षालाई प्राथमिकता

जोईन खबर

२१, बैशाख २०८३
  • 298
    SHARES
  • अत्यधिक वर्षापछि बीपी राजमार्ग बन्द, यात्रु सुरक्षालाई प्राथमिकता

    २१ वैशाख काठमाडौं । प्रतिकूल मौसमका कारण काभ्रेपलाञ्चोक जिल्ला का विभिन्न स्थानमा अत्यधिक वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग मा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार वैशाख २१ गते दिउँसो करिब सवा चार बजेदेखि लागू हुने गरी राजमार्गमा आवागमन रोकिएको हो।

    images

    लगातारको वर्षाले पहिरो जाने, ढुंगा खस्ने, सडक कटान हुने तथा खोलानालामा पानीको बहाव बढ्ने जोखिम उच्च भएपछि यस्तो निर्णय लिनुपरेको प्रहरीले जनाएको छ।प्रहरीले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि अस्थायी रूपमा यातायात बन्द गरिएको स्पष्ट पारेको छ।

    images
    images
    images

    साथै मौसम सुधार भएसँगै र सडक अवस्था सामान्य भएपछि मात्र आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। लगातारको वर्षाका कारण उक्त क्षेत्रमा सतर्कता अपनाउनसमेत सम्बन्धित निकायले सचेत गराएका छन्।

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - १७:१५:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको