Logo

बुधवार, कार्तिक १२ गते २०८३

चट्याङ लागेर बूढीनन्दामा वृद्धको मृत्यु

चट्याङ लागेर बूढीनन्दामा वृद्धको मृत्यु

जोईन खबर

२१, बैशाख २०८३
  • 304
    SHARES
  • चट्याङ लागेर बूढीनन्दामा वृद्धको मृत्यु

    २१ वैशाख काठमाडौँ । बूढीनन्दा नगरपालिका मा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ।मृत्यु हुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाही ले जानकारी दिएका छन्।

    images

    उनका अनुसार बुढा पशु चौपाया चराउन गएका बेला अचानक परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए। स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि आधारभूत अस्पताल कोल्टी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    घटनापछि स्थानीयस्तरमा शोकको वातावरण छ। वर्षायाम सुरु भएसँगै चट्याङका घटना बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - १७:४५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको