Logo

बुधवार, कार्तिक १२ गते २०८३

लिपुलेक–कालापानी अतिक्रमणविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन

लिपुलेक–कालापानी अतिक्रमणविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन

जोईन खबर

२१, बैशाख २०८३
  • 394
    SHARES
  • लिपुलेक–कालापानी अतिक्रमणविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन

    २१ वैशाख काठमाडौं । माइतीघर मा लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन्।

    images

    संयुक्त विद्यार्थी सङ्गठनको ब्यानरमा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणको माग गर्दै नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले “लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो”, “सीमा अतिक्रमण बन्द गर”, “भारतीय हस्तक्षेप बन्द गर” र “गो ब्याक इण्डिया” जस्ता नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    images
    images
    images

    विद्यार्थीहरूले “ओई सरकार ओई, हाम्रो भूमि खोई रु” भन्दै सरकारको ध्यानाकर्षण गराउँदै अतिक्रमित भूमि फिर्ता ल्याउन र सीमा सुरक्षामा कडा कदम चाल्न आग्रह गरेका छन्।

    प्रदर्शनकारीहरूले लिपुलेक क्षेत्रमा भइरहेको भारतीय गतिविधि तत्काल रोक्नुपर्ने र नेपालको भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। हातमा राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरूले कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न सरकारमाथि दबाब दिएका छन्।

    नेपाल–भारत सीमा विवादसँग जोडिएका कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि नै बहस हुँदै आएको छ। पछिल्लो समय ती क्षेत्रसँग सम्बन्धित गतिविधि बढ्दै जाँदा विद्यार्थीहरूले सडकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।

     

    1777893510-S6aX5.jpg1777893512-NeMHW.jpg1777893515-Vx3RF.jpg1777893508-8RZ5x.jpg

    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - १७:५९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको