Logo

शुक्रवार, श्रावण १५ गते २०८३

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री शाहको घोषणा,“झण्डा र झोला होइन, अब योग्यता र क्षमता आधार हुनुपर्छ”

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री शाहको घोषणा,“झण्डा र झोला होइन, अब योग्यता र क्षमता आधार हुनुपर्छ”

जोईन खबर

२२, बैशाख २०८३
  • 394
    SHARES
  • शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री  शाहको घोषणा,“झण्डा र झोला होइन, अब योग्यता र क्षमता आधार हुनुपर्छ”

    २२ वैशाख काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीतिक हस्तक्षेप अन्त्य गर्ने स्पष्ट घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी, कर्मचारी, पत्रकार, अभियन्ता र आम नागरिकले उठाउँदै आएको “पार्टीकरणले प्रणाली बिगार्‍यो” भन्ने आवाजलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत सुधारको पहल गरेको उनले बताएका छन्।

    images

    प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि आफ्नो मूल उद्देश्यभन्दा विचलित भई दलका “स्लिपर सेल” जस्तै बनेको टिप्पणी गरे। “योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रतिको जनविश्वास कमजोर बनायो,” उनले भने।

    उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसक्ने कमजोरीका कारण होइन, बरु प्रणाली सुधारका लागि गरिएको हो। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने विगतले देखाइसकेको छ,” उनले स्पष्ट पारे।

    प्रधानमन्त्रीले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गरिने बताए। यसले कसैको अधिकार नखोस्ने तर पेशागत स्वतन्त्रता बलियो बनाउने उनको दाबी छ। “अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,” उनले जोड दिए।उनले विद्यार्थीले राजनीति सिक्नैपर्ने भए पनि त्यो सभ्य, विचारयुक्त र जिम्मेवार हुनुपर्ने बताए। “विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” उनले भने। त्यस्तै, कर्मचारीले नेताको संरक्षण होइन, विधि र कानुनअनुसार काम गर्नुपर्ने उनको भनाइ छ।

    प्रधानमन्त्री शाहले यो अभियान कुनै दलविरुद्ध नभई प्रणाली बचाउने प्रयास भएको स्पष्ट पारे। “यो भविष्य बचाउने प्रयास हो, देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,” उनले उल्लेख गरे।सरकारले आम नागरिकको चाहनाअनुसार नै काम गरिरहेको दाबी गर्दै उनले सबैको साथ र विश्वास आवश्यक रहेको बताए। “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” उनले भने, “हामी जे गर्छौं, त्यो आम नेपाली जनताको हितका लागि नै हुन्छ।”

    यस्ताे छ प्रधानमन्त्री बालेन शाह कुरा

    Screenshot 2026-05-05 095705.jpg

    प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - १०:०२:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको