२२ वैशाख काठमाडौँ । गोरखा हरमटारीमा नयाँ पानी उद्योग सञ्चालनमा आएको छ। व्यवसायी रामश्वरूप श्रेष्ठले पहिले चलचित्र हल सञ्चालन हुँदै आएको स्थानमा पानी कम्पनी स्थापना गरेका हुन्।
उनका अनुसार ‘गोरखा’ नामको ब्रान्डमा प्रशोधित खानेपानी अब छिट्टै बजारमा उपलब्ध गराइनेछ। स्थानीय स्रोत प्रयोग गरी उत्पादन गरिने पानी गुणस्तरीय र सुरक्षित बनाउने लक्ष्य लिइएको उनले बताए।
नयाँ उद्योग सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै गोरखा जिल्लाको पहिचानलाई ब्रान्डमार्फत राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यसमेत राखिएको छ।
उद्योगले आवश्यक मापदण्ड पूरा गरी उत्पादन प्रक्रिया अघि बढाएको जनाइएको छ। निकट भविष्यमा उत्पादन विस्तार गर्ने योजना समेत रहेको सञ्चालकले जानकारी दिएका छन्।