२२ वैशाख काठमाडौँ । चालकको लापरबाहीका कारण रोशी खोला क्षेत्रमा ८९ जना यात्रु फसेका घटनामा सरकारले उद्धार कार्य सम्पन्न गरेको छ ।् यसैमा प्रहरीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जोखिमपूर्ण अवस्थाको बेवास्ता गर्दै सवारी साधन सञ्चालन गर्दा यात्रुहरू खोलाको बीच भागमा फसेका थिए। घटनालगत्तै सुरक्षा निकाय परिचालन गरी सबै यात्रुलाई सकुशल उद्धार गरिएको हो।
उद्धार कार्यमा नेपाल प्रहरी र स्थानीय प्रशासनको टोली खटिएको थियो। पानीको बहाव बढिरहेको अवस्थामा पनि सुरक्षाकर्मीले समन्वयात्मक रूपमा काम गर्दै यात्रुहरूलाई सुरक्षित स्थानमा सार्न सफल भएका छन्।
घटनापछि लापरबाही गरेको आरोपमा पाँच जना चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने बताइएको छ।यस घटनापछि प्रशासनले वर्षायाममा जोखिमयुक्त क्षेत्रबाट सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन सबै चालकलाई आग्रह गरेको छ।