Logo

शुक्रवार, श्रावण १५ गते २०८३

दमौलीको भाइरल ब्रदर्स चटपटका सञ्चालक डौलीयाले स्वीकारे जातीय विभेदपूर्ण अभिव्यक्तिको गल्ती

दमौलीको भाइरल ब्रदर्स चटपटका सञ्चालक डौलीयाले स्वीकारे जातीय विभेदपूर्ण अभिव्यक्तिको गल्ती

जोईन खबर

२२, बैशाख २०८३
  • 295
    SHARES
  • दमौलीको भाइरल ब्रदर्स चटपटका सञ्चालक  डौलीयाले स्वीकारे जातीय विभेदपूर्ण अभिव्यक्तिको गल्ती

    २२ वैशाख काठमाडौँ । तनहुँ दमौलीका भाइरल ब्रदर्स चटपटका सञ्चालक अशोक डौलीयाले ग्राहकप्रति प्रयोग गरिएको विभेदपूर्ण अभिव्यक्तिबारे आफ्नो गल्ती स्वीकार गरेका छन्।

    images

    यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले “दमै, कामी, सार्की” जस्ता जातीय आधारमा प्रयोग हुने शब्दहरू प्रयोग गरेको भन्दै आलोचना भएको थियो। उक्त भिडियो बाहिरिएपछि दलित अधिकारकर्मीहरूले जातीय विभेद भएको आरोप लगाउँदै छानबिनको मागसहित प्रहरीमा उजुरी दिएका थिए।

    घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक चरणमा डौलीयाले आरोप अस्वीकार गर्दै आफूले जातीय विभेद नगरेको दाबी गरेका थिए। उनले सिसिटिभी फुटेजसमेत एडिट गरिएको भन्दै केही मिडियामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका थिए।

    तर अनुसन्धानका क्रममा वास्तविक फुटेज परीक्षण गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि तथ्य खुल्ने अवस्था देखिएपछि उनले आफ्नो अभिव्यक्ति र व्यवहार त्रुटिपूर्ण भएको स्वीकार गरेका हुन्। केही सामाजिक अगुवाहरूको उपस्थितिमा उनले सार्वजनिक रूपमा गल्ती स्वीकार गरेको जनाइएको छ।

    यसअघि उनले सिसिटिभी फुटेजबाट विवादित अंश हटाई एडिट गरिएको भिडियो सार्वजनिक गरेको आरोपसमेत लागेको थियो। साथै, उनले प्रयोग गरेका केही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ। आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ।

    प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - १३:५५:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको