Logo

शुक्रवार, श्रावण १५ गते २०८३

पशुपति क्षेत्रबाट उद्धार गरिएका सहयोगापेक्षीका लागि होल्डिङ सेन्टर सञ्चालन, पहिलो दिन २८ जना राखियाे

पशुपति क्षेत्रबाट उद्धार गरिएका सहयोगापेक्षीका लागि होल्डिङ सेन्टर सञ्चालन, पहिलो दिन २८ जना राखियाे

जोईन खबर

२३, बैशाख २०८३
  • 292
    SHARES
  • पशुपति क्षेत्रबाट उद्धार गरिएका सहयोगापेक्षीका लागि होल्डिङ सेन्टर सञ्चालन, पहिलो दिन २८ जना राखियाे

    २३ वैशाख काठमाडाैँ ।  काठमाडौंको पशुपति क्षेत्र बाट उद्धार गरिएका सडक सहयोगापेक्षी व्यक्तिहरूको पहिचान र व्यवस्थापनका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोषमानव सेवा आश्रम को संयुक्त पहलमा वैशाख २३ गते मंगलबारदेखि वडा नम्बर ८ तिलगंगामा उक्त सेन्टर सञ्चालनमा आएको हो।

    images

    पहिलो दिन ३६ जनालाई उद्धार गरिएकोमा २८ जनालाई सेन्टरमा राखिएको छ। बाँकीमध्ये ६ जना भने सेन्टरमा पुगेपछि पर्खाल नाघेर भागेको जानकारी दिइएको छ।मंगलबार नै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन तथा सहयोगापेक्षीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी थिइन्।

    उनले काठमाडौंलाई सहयोगापेक्षीमुक्त सहर बनाउने लक्ष्यसहित काम अघि बढाइएको बताउँदै श्रम गर्न सक्नेहरूलाई श्रम बजारमा जोड्ने र असहाय तथा बेसहारा व्यक्तिहरूका लागि मानवोचित बसोबासको व्यवस्था गरिने उल्लेख गरिन्। साथै, यस अभियानलाई सफल बनाउन परिवार, समुदाय र साझेदार संस्थाहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्।

    उद्धार गरिएका व्यक्तिहरूसँग उनले पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, स्वास्थ्य स्थिति तथा अपेक्षाबारे पनि जानकारी लिएकी थिइन्। खानपान, बसोबास र बिरामीहरूको उपचार व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको छ।महानगरपालिकाले यस्तो पहललाई निरन्तरता दिँदै सडक सहयोगापेक्षीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - ११:२८:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको