Logo

शुक्रवार, श्रावण १५ गते २०८३

चितवनमा चक्कु प्रहारबाट युवकको हत्या, अभियुक्त फरार

चितवनमा चक्कु प्रहारबाट युवकको हत्या, अभियुक्त फरार

जोईन खबर

२३, बैशाख २०८३
  • 331
    SHARES
  • चितवनमा चक्कु प्रहारबाट युवकको हत्या, अभियुक्त फरार

    २३ वैशाख काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–७, बुद्धचोक क्षेत्रमा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ। मंगलबार राति अन्दाजी ११ः५० बजे अज्ञात व्यक्तिले अटो पसलमा कार्यरत ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार गरेका हुन्।

    images

    प्रहरीका अनुसार सम्भव अटो पसलमा काम गर्दै आएका खनालमाथि अचानक आक्रमण गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणकारी घटनापश्चात मोटरसाइकलमा फरार भएको खुलेको प्रहरीले जनाएको छ।

    हाल फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। यस घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ।

    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - १६:३८:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको