Logo

शुक्रवार, श्रावण १५ गते २०८३

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आह्वान

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आह्वान

जोईन खबर

२३, बैशाख २०८३
  • 340
    SHARES
  • प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक आह्वान

    २३ वैशाख काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

    images

    संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५स्०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

    बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको अवस्थामा परिषद् बैठक आह्वान भएसँगै अब प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - १६:५७:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको