Logo

शुक्रवार, श्रावण १५ गते २०८३

कीर्तिपुरमा खुकुरी प्रहारबाट युवकको हत्या, संलग्नको खोजी तीव्र

कीर्तिपुरमा खुकुरी प्रहारबाट युवकको हत्या, संलग्नको खोजी तीव्र

जोईन खबर

२३, बैशाख २०८३
  • 289
    SHARES
  • कीर्तिपुरमा खुकुरी प्रहारबाट युवकको हत्या, संलग्नको खोजी तीव्र

    २३ वैशाख काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, पोडेटोल क्षेत्रमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको आक्रमणमा ज्यान गएको हो।

    images

    प्रहरीका अनुसार तीन जना व्यक्तिले मिलेर घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए। धारिलो हतियारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि देवढोका स्थित कीर्तिपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका छन्। एसपी भट्टराईका अनुसार आक्रमणकारीहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ।

    प्रहरीका अनुसार मृतक र आक्रमणमा संलग्न व्यक्तिहरूबीच पूर्वपरिचय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै, संलग्नहरू पहिले पनि विभिन्न मुद्दामा मुछिएका व्यक्तिहरू रहेको जानकारीसमेत आएको छ।घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - १७:१४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको