Logo

शुक्रवार, श्रावण १५ गते २०८३

लुटेरा समूहलाई प्रतिकार गर्ने सञ्जिता शाक्यलाई आईजीपी कार्कीद्वारा सम्मान

लुटेरा समूहलाई प्रतिकार गर्ने सञ्जिता शाक्यलाई आईजीपी कार्कीद्वारा सम्मान

जोईन खबर

२४, बैशाख २०८३
  • 319
    SHARES
  • लुटेरा समूहलाई प्रतिकार गर्ने सञ्जिता शाक्यलाई आईजीपी कार्कीद्वारा सम्मान

    २४ वैशाख काठमाडौँ । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले इन्द्रचोकस्थित ज्वेलर्समा पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने समूहलाई साहसपूर्वक प्रतिकार गर्ने सञ्जिता शाक्य लाई सम्मान गरेका छन् ।प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा आईजीपी कार्कीले शाक्यलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

    images

    इन्द्रचोक को तुछेनानी गल्लीस्थित नैना एण्ड इशान ज्वेलर्स मा गत वैशाख १७ गते दिउँसो दुई जना व्यक्तिले पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेका थिए । उक्त घटनाका क्रममा शाक्यले साहसिक रूपमा प्रतिकार गरेपछि लुटेरा समूह भाग्न बाध्य भएको बताइएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार आफ्नो ज्यानको पर्वाह नगरी शाक्यले प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा आईजीपी कार्कीले अपराध नियन्त्रण र समाजमा सुरक्षा कायम गर्न नागरिकको सतर्कता र साहस महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्जिता शाक्यजस्ता नागरिकले अरूलाई पनि प्रेरणा दिएको बताए ।

    प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - १७:१५:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको