Logo

शुक्रवार, श्रावण १५ गते २०८३

धादिङमा यात्रुबाहक बस पल्टिँदा ११ जना घाइते

धादिङमा यात्रुबाहक बस पल्टिँदा ११ जना घाइते

जोईन खबर

२५, बैशाख २०८३
  • 244
    SHARES
  • धादिङमा यात्रुबाहक बस पल्टिँदा ११ जना घाइते

    २५ वैशाख काठमाडौँ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस बेनिघाट रोराङ गाउँपालिका–९ अन्तर्गत हुग्दी खोला पुल नजिक दुर्घटनामा परेको छ ।प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत बा ३ ख ५०४३ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

    images

    दुर्घटनाका बेला बसमा २९ जना सवार रहेका थिए । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार स्टेरिङ नियन्त्रण बाहिर जाँदा बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १५:२२:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको