Logo

बिहिवार, श्रावण १४ गते २०८३

डोजर आतंकविरुद्ध माइतीघरमा सुकुम्बासीको प्रदर्शन, थाल–चम्चा बजाउँदै विरोध

डोजर आतंकविरुद्ध माइतीघरमा सुकुम्बासीको प्रदर्शन, थाल–चम्चा बजाउँदै विरोध

जोईन खबर

२५, बैशाख २०८३
  • 154
    SHARES
  • डोजर आतंकविरुद्ध माइतीघरमा सुकुम्बासीको प्रदर्शन, थाल–चम्चा बजाउँदै विरोध

    २५ वैशाख काठमाडौँ । काठमाडौँको माइतीघरमा सुकुम्बासी समुदायले डोजर चलाएर आफूहरूलाई बिचल्ली बनाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

    images

    हातमा थाल र चम्चा बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले जबर्जस्ती घरटहरा हटाउने कार्य तत्काल रोक्न माग गरेका हुन् । उनीहरूले वैकल्पिक व्यवस्थाविना डोजर चलाउँदा आफूहरू बसोबासविहीन भएको गुनासो गरेका थिए ।

    प्रदर्शनका क्रममा सहभागीहरूले सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै सुकुम्बासीको समस्या समाधान नगरी बल प्रयोग गरेर हटाउने कार्य अमानवीय भएको बताएका छन् ।

    उनीहरूले दीर्घकालीन बसोबासको सुनिश्चितता, उचित व्यवस्थापन तथा सम्मानजनक पुनःस्थापनाको मागसमेत गरेका छन् ।प्रदर्शनका कारण केही समय माइतीघर क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित बनेको थियो । सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १५:३८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको