Logo

बिहिवार, श्रावण १४ गते २०८३

मुखले कलम समातेर लेखे सफलता, झारखण्डका फैजनुल्लाहले बोर्ड परीक्षामा ल्याए ९३.८० प्रतिशत

मुखले कलम समातेर लेखे सफलता, झारखण्डका फैजनुल्लाहले बोर्ड परीक्षामा ल्याए ९३.८० प्रतिशत

जोईन खबर

२६, बैशाख २०८३
  • 325
    SHARES
  • मुखले कलम समातेर लेखे सफलता, झारखण्डका फैजनुल्लाहले बोर्ड परीक्षामा ल्याए ९३.८० प्रतिशत

    २६ वैशाख काठमाडौँ । झारखण्डका मोहम्मद फैजनुल्लाहले अदम्य साहस, मेहनत र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेका छन्। सानैदेखि हातखुट्टा चलाउन नसक्ने शारीरिक अवस्थासँग संघर्ष गर्दै आएका उनले हालै High School तहको Board Examination मुखले कलम समातेर परीक्षा लेख्दै ९३.८० प्रतिशत अंक प्राप्त गर्न सफल भएका हुन्।

    images

    फैजनुल्लाह जन्मदेखि नै यस्तो अवस्थामा थिए, जसका कारण उनी आफैं हिड्डुल गर्न, खान वा दैनिक काम गर्न सक्षम थिएनन्। उनका हरेक आवश्यकता पूरा गर्न आमाबुवाको सहारा आवश्यक पर्थ्यो। सामान्य बालबालिकाजस्तै विद्यालय जान र हातले लेख्न नसक्ने भएकाले सुरुवाती दिनमा उनका आमाबुवाले घरमै मौखिक रूपमा पढाउन थालेका थिए।

    उनको पढाइप्रतिको रुचि र सिक्ने चाहना देखेपछि एक शिक्षकले उनलाई फरक तरिका अपनाएर सिकाउन थाले। शिक्षकले मुखले डटपेन समातेर कसरी लेख्ने भन्ने अभ्यास गराएपछि फैजनुल्लाहले बिस्तारै अक्षर कोर्न थाले। निरन्तर अभ्यास, धैर्यता र मेहनतका कारण उनले लेखाइमा सुधार ल्याउँदै गए।

    समयसँगै उनले मुखले नै सहज रूपमा लेख्न सिके र पढाइमा उत्कृष्ट प्रदर्शन गर्न थाले। शारीरिक कमजोरीलाई कहिल्यै आफ्नो बाधा बन्न नदिएका उनले कठिन परिस्थितिका बीच पनि अध्ययनलाई निरन्तरता दिए।

    हालै सार्वजनिक भएको बोर्ड परीक्षाको नतिजामा उनले ९३.८० प्रतिशत अंक ल्याएर सबैलाई प्रेरित बनाएका छन्। मुखले परीक्षा लेखेर प्राप्त गरेको यो सफलता अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।

    उनको सफलताले शारीरिक असक्षमता भन्दा ठूलो कुरा आत्मबल, मेहनत र परिवारको साथ हुने सन्देश दिएको छ। आमाबुवाको निरन्तर हौसला, शिक्षकको सहयोग र आफ्नै दृढ इच्छाशक्तिका कारण मोहम्मद फैजनुल्लाह आज हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।

    प्रकाशित मिति :बैशाख २६, २०८३ शनिवार - १७:१९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको