Logo

बुधवार, कार्तिक १२ गते २०८३

बजार सुशासनलाई बालेन सरकारको ‘मूल्य पारदर्शिता सप्ताह’ सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गरिने

बजार सुशासनलाई बालेन सरकारको ‘मूल्य पारदर्शिता सप्ताह’ सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गरिने

जोईन खबर

२६, बैशाख २०८३
  • 448
    SHARES
  • बजार सुशासनलाई बालेन सरकारको ‘मूल्य पारदर्शिता सप्ताह’ सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गरिने

    २६ वैशाख काठमाडौँ । काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । उपभोक्ताको अधिकार संरक्षण गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन अभियान सुरु गर्न लागिएको जनाइएको छ ।

    images

    सरकारका अनुसार अभियान अवधिभर दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, तौल तथा बिलिङ प्रणालीको विशेष अनुगमन गरिनेछ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य असुल्ने तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

    images
    images
    images

    अभियानअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा सम्बन्धित निकायहरूको संयुक्त टोलीले देशका प्रमुख बजार क्षेत्रमा अनुगमन गर्नेछन् । व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, बिल उपलब्ध गराउन तथा उपभोक्तामैत्री व्यवहार अपनाउन निर्देशन दिइने बताइएको छ ।

    सरकारले उपभोक्तालाई पनि कुनै प्रकारको ठगी, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । अभियानले बजारमा अनुशासन कायम हुनुका साथै उपभोक्तामा विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

    सरकारले “सही मूल्य, पारदर्शी बजार र सुरक्षित उपभोक्ता” भन्ने नारासहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २६, २०८३ शनिवार - १८:११:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको