Logo

शुक्रवार, श्रावण १५ गते २०८३

प्रथम देउराली व्याडमिन्टन वडा कप २०८३ भव्य रूपमा उद्घाटन, तस्विरहरु

प्रथम देउराली व्याडमिन्टन वडा कप २०८३ भव्य रूपमा उद्घाटन, तस्विरहरु

जोईन खबर

२६, बैशाख २०८३
  • 523
    SHARES
  • प्रथम देउराली व्याडमिन्टन वडा कप २०८३ भव्य रूपमा उद्घाटन, तस्विरहरु

    २६ वैशाख काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं.७ देउरालीमा आयोजित “प्रथम देउराली व्याडमिन्टन वडा कप २०८३” को उद्घाटन समारोह भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। गाउँपालिका वडा नं.७ देउराली वडा कार्यालय तथा स्थानीय युवाहरूको सक्रिय आयोजनामा सञ्चालन भएको प्रतियोगिताले गाउँभर खेलकुदमय माहोल सिर्जना गरेको छ।

    images

    आज वैशाख २६ गते सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने उपाध्यक्ष सन माया गुरुङ विशेष अतिथि रहनुभएको थियो। साथै वडा नं.७ का अध्यक्ष कृष्ण गुरुङ, गाउँपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी तथा जग्गादाताहरूलाई सम्मान गरिएको थियो। विशेष सम्मान कार्यक्रममार्फत उहाँहरूको योगदानप्रति आयोजकले कृतज्ञता व्यक्त गरेको जनाएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ तथा सकारात्मक मार्गतर्फ प्रेरित गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा आपसी सद्भाव, भाइचारा तथा एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

    युवा पुस्तामा खेलकुदप्रति आकर्षण बढाउने तथा स्थानीय स्तरमा खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता आज र भोलिसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

    प्रतियोगितामा कुल २५ वटा टिमको सहभागिता रहेको छ। सहभागी टिमहरूलाई ‘ए’ पोल र ‘बि’ पोलमा विभाजन गरी खेल सञ्चालन गरिएको छ। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमार्फत स्थानीय खेल प्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

    प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको छ भने स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। खेलप्रेमी दर्शकहरूको उत्साहले प्रतियोगितालाई थप रौनक प्रदान गरेको आयोजक समितिले जनाएको छ।आयोजक समितिले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक अनुरोध गरेको छ।

    690520417_1379533690868167_8266110916282847404_n.jpg695638115_1379533740868162_3340613311058659411_n.jpg690638526_1379533847534818_7770413650638115837_n.jpg693955704_1379534190868117_35325573609639995_n.jpg692471966_1379533107534892_7716556593513002164_n.jpg

    प्रकाशित मिति :बैशाख २६, २०८३ शनिवार - १९:२३:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको