Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसईईको नतिजा कसरी हेर्ने परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची

एसईईको नतिजा कसरी हेर्ने परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची

जोईन खबर

२७, बैशाख २०८३
  • 193
    SHARES
  • एसईईको नतिजा कसरी हेर्ने परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची

    २७ वैशाख काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हेर्न सकिने आधिकारिक वेबसाइट र एसएमएस सेवा सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। विद्यार्थीहरूले इन्टरनेट वा मोबाइल एसएमएसमार्फत सजिलै आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।कार्यालयका अनुसार, एसईईको नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका लागि सरकारले तोकेका आधिकारिक पोर्टल तथा साझेदार वेबसाइट प्रयोग गर्न आग्रह गरिएको छ।

    images

    नतिजा हेर्न सकिने वेबसाइटहरूस्

    .नेपाल टेलिकम SEE  नतिजा सेवा
    .शिक्षा मन्त्रालयको नतिजा पोर्टल
    .नेपाल टेलिकमको नतिजा सेवा
    .ई–सेवा SEE  सेवा

    त्यसैगरी, मोबाइलबाट एसएमएस पठाएर पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। विद्यार्थीहरूले मोबाइलको मेसेज बक्समा गएर SEE Symbol Number टाइप गरी तोकिएको नम्बरमा पठाएर नतिजा प्राप्त गर्न सक्नेछन्। कुन सेवा प्रदायकमार्फत कुन नम्बरमा पठाउने भन्ने विवरण नतिजा सार्वजनिक हुने दिन अद्यावधिक गरिने जनाइएको छ।

    कार्यालयले विद्यार्थी तथा अभिभावकलाई अनधिकृत वेबसाइट वा भ्रामक लिंक प्रयोग नगर्न र आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न आग्रह गरेको छ। एसईई नतिजा सार्वजनिक भएपछि वेबसाइटमा अत्यधिक चाप पर्ने भएकाले केही समय पर्खेर पुनः प्रयास गर्न पनि सुझाव दिइएको छ।

    प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - १०:५३:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको