Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपालाई “तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ” : अध्यक्ष प्रचण्ड

रास्वपालाई “तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ” : अध्यक्ष प्रचण्ड

जोईन खबर

३०, बैशाख २०८३
  • 610
    SHARES
  • रास्वपालाई  “तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ”  : अध्यक्ष प्रचण्ड

    ३० वैशाख काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै बहुमत र जनमतको घमण्ड नगर्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष प्रचण्डले आफू पनि विगतमा ठूलो जनमतसहित सत्तामा पुगेको अनुभव रहेको उल्लेख गरे।

    images

    ‘तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ,’ प्रचण्डले भने, ‘जनताले दिएको मत स्थायी हुँदैन, काम गर्न सकिएन भने जनताले कसरी तल झार्छन् भन्ने अनुभव हामीले भोगेका छौँ।’

    उनले आफूहरूको पार्टी बहुमत नजिकको शक्तिमा पुग्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै अहिलेका नयाँ शक्तिहरूलाई त्यसबाट पाठ सिक्न आग्रह गरे। बहुमत प्राप्त हुँदैमा सबै कुरा सम्भव नहुने र जनविश्वास जोगाइराख्न परिणाममुखी काम आवश्यक पर्ने उनको भनाइ थियो।

    प्रचण्डले अहिले राज्यका विभिन्न तह र वर्गमा पुगेका धेरै मन्त्री तथा नेतृत्व तहका व्यक्तिहरू आफ्नो राजनीतिक आन्दोलन र संघर्षको योगदानका कारण स्थापित भएको दाबी पनि गरे। ‘अहिले विभिन्न वर्गमा मन्त्री भएका धेरै हामीले गर्दा भएका हुन्,’ उनले भने, ‘संघर्ष र राजनीतिक परिवर्तनको इतिहासलाई बिर्सनु हुँदैन।’

    उनले राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने हो भने जनमत परिवर्तन हुन धेरै समय नलाग्ने बताए। प्रचण्डको अभिव्यक्तिलाई संसद्मा रास्वपालाई लक्षित राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १५:०२:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको