Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा बसपार्कमा ईभी माइक्रो दुर्घटना : वाटर फाउन्टेन र पार्किङमा रहेको ट्याक्सीमा ठक्कर

गोरखा बसपार्कमा ईभी माइक्रो दुर्घटना : वाटर फाउन्टेन र पार्किङमा रहेको ट्याक्सीमा ठक्कर

जोईन खबर

३१, बैशाख २०८३
  • 469
    SHARES
  • गोरखा बसपार्कमा ईभी माइक्रो दुर्घटना : वाटर फाउन्टेन र पार्किङमा रहेको ट्याक्सीमा ठक्कर

    ३१ वैशाख काठमाडौँ । गोरखा सदरमुकामस्थित बसपार्क क्षेत्रमा बुधबार राति एक विद्युतीय (ईभी) माइक्रो बस दुर्घटनामा परेको छ। मोडिने क्रममा चालकले नियन्त्रण गुमाउँदा भएको उक्त दुर्घटनाबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मिति २०८३ साल वैशाख ३० गते राति करिब ८:१० बजेको समयमा गोरखा नगरपालिका–६ स्थित बसपार्क क्षेत्रमा बा.प्र ०१-००६ ख ७९०९ नम्बरको ईभी माइक्रो दुर्घटनामा परेको हो।

    प्रहरीका अनुसार तीव्र गतिमा रहेको माइक्रो मोडिने क्रममा अनियन्त्रित भई सडकको बीच भागमा रहेको वाटर फाउन्टेन (पानीको फोहोरा) मा ठोक्किएको थियो। फाउन्टेनमा ठोक्किएपछि पनि माइक्रोको गति नरोकिँदा नजिकै पार्किङ गरी राखिएको ग १ ज ६९७४ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिएको जनाइएको छ।

    दुर्घटनाका कारण ईभी माइक्रोको अगाडिको बम्फर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसपार्क क्षेत्रमा रहेको वाटर फाउन्टेनको बायाँ भागमा समेत ठूलो क्षति पुगेको छ। ट्याक्सीमा पनि सामान्यदेखि मध्यम क्षति पुगेको अनुमान गरिएको छ।

    घटनाबाट कुनै मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। स्थानीयवासीले बसपार्क क्षेत्रमा तीव्र गतिमा सवारी सञ्चालन हुने गरेको भन्दै सावधानी अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

    प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - ११:३१:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको