Logo

बिहिवार, श्रावण १४ गते २०८३

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकमा छलफल जारी

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकमा छलफल जारी

जोईन खबर

५, जेठ २०८३
  • 289
    SHARES
  • सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकमा छलफल जारी

    ५ जेष्ठ काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ।

    images

    प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

    त्यसपछि बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित नीति तथा प्राथमिकतामाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

    यस्तै, छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यसूची पनि तय गरिएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आगामी बजेट निर्माण प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

     

    x1779159548-UiX7a.jpg.pagespeed.ic.bon-JAU0Sf.webp

    प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - ०८:५४:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको