६ जेष्ठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद आशिका तामाङले रास्वपा कै संसद कृष्ण कुमार कार्कीसँग जोडिएको विवादित विषयलाई लक्षित गर्दै “गलतलाई गलत भन्न छोड्नु हुँदैन” भन्दै प्रतिक्रिया दिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि गलत कार्यप्रति मौन बस्न नहुने संकेत गरेकी हुन्। उनले प्रत्यक्ष रूपमा नाम नलिए पनि रास्वपा सांसद कार्कीले एक नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको भन्ने विषय सार्वजनिक चर्चामा आएपछि उनको अभिव्यक्ति त्यसैसँग जोडेर हेरिएको छ।
सामाजिक सञ्जालमा लेख्दै सांसद तामाङले, “गलतलाई गलत भन्न छोड्नु हुँदैन” भन्दै सत्य र न्यायका पक्षमा उभिनुपर्ने सन्देश दिएको देखिन्छ। उनको उक्त भनाइलाई पार्टीभित्र र बाहिर समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
यता, सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे विभिन्न कोणबाट चर्चा भइरहेका बेला सम्बन्धित पक्षबाट औपचारिक स्पष्ट धारणा आउन बाँकी रहेको छ। घटनाबारे सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस चुलिएको छ।उक्त विषयमा सत्यतथ्य के हो भन्ने कुरा सम्बन्धित निकायको अनुसन्धान र सम्बन्धित पक्षको आधिकारिक धारणा पछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।