Logo

बिहिवार, श्रावण १४ गते २०८३

‘पाँचै वर्ष विरोध गर्छौं, निलम्बन हुन तयार छौं’ : सांसद साम्पाङ

‘पाँचै वर्ष विरोध गर्छौं, निलम्बन हुन तयार छौं’ : सांसद साम्पाङ

जोईन खबर

६, जेठ २०८३
  • 712
    SHARES
  • ‘पाँचै वर्ष विरोध गर्छौं, निलम्बन हुन तयार छौं’  : सांसद  साम्पाङ

    ६ जेष्ठ काठमाडौं । प्रतिनिधिसभामा आफूहरूलाई प्रश्न राख्न नदिएको भन्दै श्रम संस्कृतिक पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले विरोध जारी राख्ने बताएका छन्।

    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले केही दिनदेखि दबाब दिँदै आएको र आज बल्ल केही मन्त्रीहरू संसद्मा उपस्थित भएको बताएका छन्। तर, प्रश्न राख्न नपाइने गरी सभामुखले रुलिङ गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

    साम्पाङले भनेका छन्, “दुई चार दिनदेखि दबाब दिदा दिदा आज चै बल्ल २र४ जना मन्त्रीहरु आउनुभाथ्यो । त्यो पनि प्रश्न राख्न नपाउने भन्नि हिसाबले सभामुखज्यूले ruling गर्नुभो । त्यसको विरोध गर्‍यौँ हामीले । हामी विरोध गरिरहन्छौँ । पाँचै वर्ष गर्छौँ । जनताको सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि, व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छौँ ।” उनको भनाइले संसद्मा सरकारको उपस्थिति, प्रश्नोत्तर प्रक्रिया तथा संसदीय अभ्यासबारे उठिरहेको बहसलाई थप चर्काएको छ।

    प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - १६:२९:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको