Logo

बिहिवार, श्रावण १४ गते २०८३

पालुङटारमा रास्वपा अधिवेशनमा कुटाकुट, सामाजिक सञ्जालमा भिडियो भाइरल

पालुङटारमा रास्वपा अधिवेशनमा कुटाकुट, सामाजिक सञ्जालमा भिडियो भाइरल

जोईन खबर

१२, जेठ २०८३
  • 415
    SHARES
  • पालुङटारमा रास्वपा अधिवेशनमा कुटाकुट, सामाजिक सञ्जालमा भिडियो भाइरल


    १२ जेष्ठ काठमाडौँ । गोरखाको पालुङटारमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थानीय अधिवेशनका क्रममा दुई पक्षबीच विवाद चर्किँदा हातहालाहालको अवस्था सिर्जना भएको छ। अधिवेशनस्थलमा संगठनात्मक विवाद र नेतृत्व चयनको विषयलाई लिएर तनाव बढेपछि केही समय कार्यक्रम नै अवरुद्ध बनेको स्थानीय स्रोतले जनाएको छ।

    images

    पालुङटारमा सम्पन्न अधिवेशनमा पार्टीभित्रकै दुई समूहबीच आरोप–प्रत्यारोप सुरु हुँदै झडपको स्थिति बनेको थियो । उक्त विवादमा प्रत्यक्षदर्शीका अनुसार केहीबेर अधिवेशन स्थल तनावग्रस्त बनेको थियो भने कार्यकर्ताबीच धकेलाधकेल र हातहालाहालसमेत भएको थियो। दुई पक्षबीच हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। 

    उक्त घटना पार्टीका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको गृहक्षेत्रमा भएको भन्दै स्थानीय तहमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। यद्यपि घटनाको वास्तविक कारण र विवादको प्रकृतिबारे पार्टीको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

    स्थानीय राजनीतिक वृत्तमा नयाँ दलभित्र संगठन निर्माण, नेतृत्व व्यवस्थापन र वैचारिक बहसभन्दा समूहगत प्रतिस्पर्धा हाबी हुँदा यस्ता घटना देखिन थालेको टिप्पणीसमेत हुन थालेको छ। केहीले संगठनमा वैचारिक राजनीतिक एजेण्डाभन्दा व्यक्तिगत प्रभाव, शक्ति प्रदर्शन र आर्थिक पहुँच प्रभावशाली बन्दा विवाद बढ्ने गरेको विश्लेषण गरेका छन्।

    प्रकाशित मिति :जेठ १२, २०८३ मंगलवार - १०:४६:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको