Logo

मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय कराँते संघहरूको रिनु प्रक्रियालाई कानुनी रूपमा टुंग्याउन राखेपामा ध्यानाकर्षण पत्र

राष्ट्रिय कराँते संघहरूको रिनु प्रक्रियालाई कानुनी रूपमा टुंग्याउन राखेपामा ध्यानाकर्षण पत्र

जोईन खबर

१४, जेठ २०८३
  • 1.1K
    SHARES
  • राष्ट्रिय कराँते संघहरूको रिनु प्रक्रियालाई कानुनी रूपमा टुंग्याउन राखेपामा ध्यानाकर्षण पत्र

    १४ जेष्ठ काठमाडौँ । विभिन्न १३ राष्ट्रिय कराँते संघहरूले लामो समयदेखि रोकिएको आफ्नो संघहरूको रिनु (नवीकरण) प्रक्रिया कानुनी रूपमा टुंग्याउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहेता समक्ष संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।विभिन्न राष्ट्रिय कराँते संघका प्रतिनिधि, पूर्व राष्ट्रिय खेलाडी, सिनियर गुरुहरू, सक्रिय खेलाडी तथा संघका पदाधिकारीसहित करिब ४० देखि ५० जनाको जम्बो टोली राखेपामा पुगेर लिखित तथा मौखिक रूपमा आफ्नो माग प्रस्तुत गरेको जनाएको छ।

    images

    संघहरूले केही कराँते संघहरूले “हामी मात्र आधिकारिक हौँ” भन्ने भ्रम फैलाउँदै अन्य संघहरूको अस्तित्व कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले आफूहरू वर्षौंदेखि कराँते क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै “हाम्रो रगतमा समेत कराँते बगेको छ” भन्ने भावनासहित सबै राष्ट्रिय रूपमा दर्ता भएका संघहरूको समान रूपमा रिनु हुनुपर्ने माग गरेका छन्।

    प्रतिनिधिहरूका अनुसार विभिन्न कराँते संघहरूको आफ्नै अन्तर्राष्ट्रिय हेडक्वार्टर तथा मान्यता प्राप्त संरचना रहेको छ। केही संघ जापानसँग आबद्ध रहेका छन् भने केही कोरिया र अमेरिका आधारित अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित छन्। उनीहरूले कराँतेका शैली, काटा तथा प्रशिक्षण प्रणाली नै फरक–फरक भएकाले सबै संघलाई एउटै संरचनामा समेट्न व्यवहारिक र सम्भव नहुने धारणा व्यक्त गरेका छन्।

    “हामीले विगतमा कानूनी रूपमा दर्ता गरेका संघहरूलाई अहिले आएर रिनु नगरिनु अन्याय हो,” प्रतिनिधिहरूले बताएका छन्।
    ज्ञापनपत्र बुझाउने संघहरूमा नेपाल सोतोकान कराँते संघ, नेपाल निहोन सोतोकान कराँते संघ, सोतोकान कराँते डो संघ नेपाल, हायसी हाव कराँते डो संघ नेपाल, आई डब्लु एफ एन कराँते डो संघ, युनिज शिरोई शिशी रिथी कराते नेपाल, अन्तर्राष्ट्रिय मार्शल आर्ट्स संघ नेपाल लगायत विभिन्न १३ राष्ट्रिय कराँते संघहरू रहेका छन्।

    भेटघाटका क्रममा विभिन्न संघका सिनियर गुरुहरूले कानूनी तथा विधिसम्मत ढंगबाट सबै संघहरूको रिनु प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।राखेप सदस्य सचिव मेहेताले पनि विषयलाई कानूनी तथा विधिसम्मत ढंगबाट समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन्।प्रतिनिधिहरूले छिटोभन्दा छिटो सबै संघहरूको रिनु प्रक्रिया अघि बढाई खेलकुद क्षेत्रमा देखिएको अन्योलता अन्त्य गर्नुपर्ने माग गरेका छन्।

    89101229-513a-45c5-ae37-28a6bdbeb8d7.jpge943ecc2-0bc3-46a6-9ec1-b4856956deec.jpge46ab085-7b03-45ef-ac65-47d6969b180d.jpg992c9792-ef9b-4df1-bfb5-e4364486509b.jpg

    प्रकाशित मिति :जेठ १४, २०८३ बिहिवार - २२:३५:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको