Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल विज्ञापन संघ आनले लगायो बिज्ञापन बोर्डमा ताला !

नेपाल विज्ञापन संघ आनले लगायो बिज्ञापन बोर्डमा ताला !

जोईन खबर

२७, बैशाख २०८०
  • 1.7K
    SHARES
  • नेपाल विज्ञापन संघ आनले लगायो बिज्ञापन बोर्डमा ताला !

    २७ बैशाख काठमाडौं । नेपाल विज्ञापन संघ आनले नेपाल सरकारले गरेको एकद्वार नीति ल्याउने भनी निर्णय गरेकोमा आपत्ति जनाउँदै आज नेपाल विज्ञापन संघले बिज्ञापन बोर्डमा तालासहित विरोध आन्दोलन गरिएको हो।

    images

    नेपाल बिज्ञापन संघले सरकार द्वारा सरकारी बिज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि बिज्ञापन बोर्ड मार्फत एकद्वार गर्ने प्रक्रिया प्रति आनको आपत्ति रहेकोमा आज बिरोधको कार्यक्रम सहित संघर्ष जारि गरेको छ ।

    8.jpg

    सरकारद्वारा जारी गरिएको न्युनतम साझा कायैक्रममा जनताको चुलो चौकासँग गासिएका ठूलो र गम्भिर समस्यामा प्रवेश नगरी सतही रुपमा बिना कुनै अध्ययन परामर्श विज्ञापन क्षेत्रलाई देशको आर्थिक अवस्था बिग्रनुको कारक तव्वको उपमा दिँदै समग्र विज्ञापन उद्योगलाई असर पर्ने गरि विगतको शाही शासनकालमा जस्तै विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा नेपाल विज्ञापन संघको गम्भिर ध्यानाकर्ष भएको र विरोध कार्यक्रम गरेको हो । 

    345893415_263372042884768_3573352814134438693_n.jpg

    आनले आज बुधबार काठमाडौको रोयल बैंकेट, तिनकुने होटलमा विशेष कार्यक्रमको आयोजना गरि उक्त विषयमा गहन छलफल गरी आन्दोलन गरेको हो।

    आन्दोलनका केही तस्बिरहरु

    888.jpg8888.jpg82.jpg88.jpg

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १७:२५:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको