Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोरी प्रकरण, गोरखाको २ जना पक्राउ 

राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोरी प्रकरण, गोरखाको २ जना पक्राउ 

जोईन खबर

२०, जेठ २०८३
  • 1.6K
    SHARES
  • राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोरी प्रकरण, गोरखाको २ जना पक्राउ 

    २० जेष्ठ काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास परिसरबाट भदौ २३ र २४ गते हात्तीको दाह्रा चोरी भएको घटनामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेकाहरूबाट चोरी भएको दाह्रा समेत बरामद गरेको जनाएको छ।

    images

    पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने २९ वर्षीय राजिब महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल, धार्चे गाउँपालिका–४ लाप्राकका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं बसन्तपुर बस्ने आयुष महर्जन र बैतडीका ३० वर्षीय पुरन बोहरा रहेका छन्।

    images
    images
    images

    प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीमा संलग्नता पुष्टि भएपछि सार्वजनिक गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - १८:३३:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको