२८ जेष्ठ काठमाडौँ । गोरखा नगरपालिका–१ निवासी २९ वर्षीया मञ्जु परियार स्तन क्यान्सर (Breast Cancer) रोगसँग संघर्षरत रहेकी छन्। रोजगारीको सिलसिलामा माल्टामा रहँदै आएकी परियारलाई करिब दुई महिनाअघि स्तन क्यान्सर भएको पुष्टि भएपछि उपचार जारी रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार मञ्जुको उपचारका लागि हालसम्म परिवारले आफ्नो सामर्थ्यअनुसार सम्पूर्ण बचत तथा उपलब्ध स्रोत–साधन खर्च गरिसकेको छ। तर रोगको थप उपचार तथा आवश्यक स्वास्थ्य सेवाका लागि ठूलो आर्थिक रकम आवश्यक परेकाले उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ।
मञ्जुको जीवन रक्षा तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले परिवारले देश तथा विदेशमा रहेका सहयोगी मन भएका सम्पूर्ण महानुभावहरूलाई आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। परिवारले सानोभन्दा सानो सहयोगले पनि बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
“सानो सहयोगले कसैको जीवन बचाउन सक्छ” भन्ने भावनासहित परिवारले आर्थिक सहयोग गर्न नसक्नेहरूले समेत यो सन्देशलाई बढीभन्दा बढी शेयर गरेर सहयोग गरिदिन अनुरोध गरेको छ।
सहयोगका लागि सम्पर्क:
📞 ९८४५३१८९२२
बैंक विवरण:
🏦 नाम: MANJU PARIYAR
🏦 बैंक: Prime Bank
🏦 खाता नम्बर: 05501000000001324674
मञ्जुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगका लागि सबैमा परिवारले अनुरोध गरेको छ।