Logo

बुधवार, श्रावण १३ गते २०८३

उत्तरी गोरखामा पाँचौँ जिल्ला स्तरीय न्यायिक बैठक धार्चेमा सम्पन्न, न्याय सम्पादनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता

उत्तरी गोरखामा पाँचौँ जिल्ला स्तरीय न्यायिक बैठक धार्चेमा सम्पन्न, न्याय सम्पादनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता

जोईन खबर

३१, जेठ २०८३
  • 310
    SHARES
  • उत्तरी गोरखामा पाँचौँ जिल्ला स्तरीय न्यायिक बैठक धार्चेमा सम्पन्न, न्याय सम्पादनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता

    ३१ जेष्ठ काठमाडौँ । गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समिति पदाधिकारीहरूको पाँचौँ जिल्ला स्तरीय बैठक धार्चे गाउँपालिकामा सम्पन्न भएको छ। धार्चे गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकले स्थानीय तहमा न्यायिक समितिको प्रभावकारी सञ्चालन, विवाद व्यवस्थापन तथा न्याय सम्पादनलाई थप सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल गरेको छ।

    images

    धार्चे गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिला गुरुङको अध्यक्षता एवं जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    बैठकमा स्थानीय तहमा न्यायिक समितिले सम्पादन गरिरहेका कार्यहरूको समीक्षा गर्दै न्याय सम्पादनका क्रममा देखिएका चुनौती, अवसर तथा अनुभवहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै मेलमिलाप प्रवर्द्धन, न्यायिक प्रक्रियाको प्रभावकारिता अभिवृद्धि तथा न्यायिक समितिहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सहभागीहरूबीच विचार आदान–प्रदान भएको थियो।

    कार्यक्रममा सहभागी पदाधिकारीहरूले न्यायिक समितिको संस्थागत सुदृढीकरण, विवाद व्यवस्थापन प्रणालीको सुधार तथा न्यायिक प्रक्रियालाई थप सहज, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

    बैठकमा यस्ता जिल्ला स्तरीय कार्यक्रमहरूले स्थानीय तहहरूबीच अनुभव, सिकाइ र असल अभ्यासहरूको आदान–प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै न्यायिक समितिहरूको क्षमता अभिवृद्धि र सेवा प्रवाहको गुणस्तर सुधारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

    आयोजकका अनुसार स्थानीय तहमा न्यायमा नागरिकको पहुँच विस्तार गर्दै न्यायिक समितिहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यस्ता बैठकहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

    प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - १०:५४:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको