Logo

बिहिवार, श्रावण १४ गते २०८३

द नेशनल बैंकिङ्ग डिस्कोर्श' हुँदै उद्घाटन गर्ने : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

द नेशनल बैंकिङ्ग डिस्कोर्श' हुँदै उद्घाटन गर्ने : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

जोईन खबर

२८, बैशाख २०८०
  • 607
    SHARES
  • द नेशनल बैंकिङ्ग डिस्कोर्श' हुँदै उद्घाटन गर्ने  :  प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड

     २८ बैशाख काठमाडौ।राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३ हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा उद्घाटन गरिनेछ ।

    images

    द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनी समाबेशी विकासका लागि अह्म वित्तीय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा मुलभुत छलफल हुनेछ बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिती, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाव, वित्तीय साक्षरताका विषयहरु, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिती र चुनौती लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको अभुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ ।आजको बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ्ग, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, बित्तीय साक्षरतालगायत बिभिन्न बिषय माथिको गहन बिमर्श हुने बताइएको छ ।

    विश्व कोभिड माहामारीबाट तङ्ग्रीदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मुल्य वृद्धिलाई निम्त्याएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यान केन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो ।कार्यक्रमा प्रधानमन्त्री, गर्भनर, अर्थमन्त्री, अर्थविद्धलगायत अन्य बिशिष्ट व्यक्तीहरुको उपस्थित हुने बताइएको छ ।

    प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - ११:४३:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको