Logo

बिहिवार, श्रावण १४ गते २०८३

रास्वपाको महाधिवेशन स्थल परिवर्तन, टाँडीबाट भरतपुर सारियो

रास्वपाको महाधिवेशन स्थल परिवर्तन, टाँडीबाट भरतपुर सारियो

जोईन खबर

२, आषाढ २०८३
  • 520
    SHARES
  • रास्वपाको महाधिवेशन स्थल परिवर्तन, टाँडीबाट भरतपुर सारियो

    २ असार काठमाडौँ । अत्यधिक गर्मीका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको टाँडीमा तय गरिएको कार्यक्रम अब भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ।

    images

    पार्टी नेतृत्वका अनुसार निरन्तर बढ्दो तापक्रम र सहभागीहरूको सहजता तथा व्यवस्थापनलाई ध्यानमा राख्दै स्थल परिवर्तन गरिएको हो। नयाँ स्थलमा एसी जडित हल, पर्याप्त पार्किङ व्यवस्था तथा अन्य आवश्यक सुविधाहरू उपलब्ध रहेको जनाइएको छ।

    पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार स्थान छनोट गरिएको बताइएको छ। पार्टीका अनुसार महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र सहभागिमैत्री बनाउन सुविधा सम्पन्न स्थल आवश्यक भएकाले यो निर्णय गरिएको हो।

    महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ। नयाँ स्थलमा सम्पूर्ण तयारीलाई तीव्र पारिएको र कार्यक्रम तोकिएको मितिमै सम्पन्न गर्ने तयारी भइरहेको रास्वपाले जनाएको छ।पार्टीले यस महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

    प्रकाशित मिति :आषाढ २, २०८३ मंगलवार - १२:४१:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको