Logo

बुधवार, श्रावण १३ गते २०८३

रास्वपाको प्रथम महाधिवेशनमा ओली, प्रचण्ड, गगनसहित शीर्ष नेताहरू आमन्त्रित

रास्वपाको प्रथम महाधिवेशनमा ओली, प्रचण्ड, गगनसहित शीर्ष नेताहरू आमन्त्रित

जोईन खबर

४, आषाढ २०८३
  • 304
    SHARES
  • रास्वपाको प्रथम महाधिवेशनमा ओली, प्रचण्ड, गगनसहित शीर्ष नेताहरू आमन्त्रित

    ४ असार काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुर मा आयोजना गर्न लागेको प्रथम महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

    images

    रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन नेपाली कांग्रेसका सभापति  गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ।

    यद्यपि यि नेताहरु महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा भने हालसम्म औपचारिक पुष्टि भइसकेको छैन।

    रास्वपाले अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि उद्घाटन सत्रमा आमन्त्रण गरेको छ। पार्टीका अनुसार राजेन्द्र लिङ्देन, हर्क साम्पाङ, उपेन्द्र यादव, सिके राउत तथा बाबुराम भट्टराई लाई पनि विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन निमन्त्रणा गरिएको छ।

    नेपालमा राजनीतिक दलहरूले आफ्नो महाधिवेशन, राष्ट्रिय सम्मेलन तथा विशेष कार्यक्रमहरूमा स्वदेशी तथा विदेशी राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार रास्वपाले पनि आफ्नो प्रथम महाधिवेशनलाई व्यापक राजनीतिक सहभागितासहित सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

    चितवनको भरतपुरमा हुने महाधिवेशनबाट पार्टीको आगामी संगठनात्मक दिशा, नेतृत्व संरचना तथा राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने रास्वपाले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ४, २०८३ बिहिवार - १०:२९:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको