Logo

बुधवार, श्रावण १३ गते २०८३

रास्वपाको महाधिवेशनमा चितवनको महीको स्वाद, सहभागीका लागि ८ हजार लिटरसम्म महीको व्यवस्था

रास्वपाको महाधिवेशनमा चितवनको महीको स्वाद, सहभागीका लागि ८ हजार लिटरसम्म महीको व्यवस्था

जोईन खबर

७, आषाढ २०८३
  • 265
    SHARES
  • रास्वपाको महाधिवेशनमा चितवनको महीको स्वाद, सहभागीका लागि ८ हजार लिटरसम्म महीको व्यवस्था

    ७ असार काठमार्डाँ । अत्यधिक गर्मी भइरहेको चितवनको सदरमुकाम भरतपुरमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिहरूलाई गर्मीमा तिर्खा मेटाउन चितवनको प्रसिद्ध मही पिउने व्यवस्था गरिएको छ।

    images

    महाधिवेशनको उद्घाटन स्थल भरतपुर गेष्ट हाउस चौरमा दुग्ध विकास संस्थान ९डिडिसी० तथा जिल्लाका विभिन्न दुग्ध सहकारी संस्थाले स्टल सञ्चालन गरी दही र मही बिक्री गरिरहेका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो हुने कार्यक्रम रहेको छ।

    रास्वपाका केन्द्रीय सदस्य तथा आवास र भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतम ले गर्मीयाममा चितवनमा मही पिउने चलन परम्परागत रूपमा रहेको उल्लेख गर्दै महाधिवेशनमा सहभागीहरूका लागि पनि विशेष रूपमा महीको व्यवस्था गरिएको बताए।

    त्यस्तै, किशोर बगाले ले आजका लागि जिल्लाका विभिन्न सहकारी संस्थाबाट ७ देखि ८ हजार लिटर मही खपत हुने अनुमान गरिएको जानकारी दिए। चितवनको गर्मीलाई मध्यनजर गर्दै गरिएको मही व्यवस्थाले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिलाई राहत पुग्ने अपेक्षा गरिएको छ। आयोजकले महाधिवेशनलाई व्यवस्थित, सहज र सहभागीमैत्री बनाउन आवास, भोजन तथा पेय पदार्थको पर्याप्त व्यवस्था गरिएको जनाएको छ।

    प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १२:१२:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको