Logo

बुधवार, श्रावण १३ गते २०८३

रास्वपा महाधिवेशनमा सभापति थापाको सन्देश कांग्रेस प्रतिस्पर्धी हो, शत्रु होइन

रास्वपा महाधिवेशनमा सभापति थापाको सन्देश कांग्रेस प्रतिस्पर्धी हो, शत्रु होइन

जोईन खबर

७, आषाढ २०८३
  • 472
    SHARES
  • रास्वपा महाधिवेशनमा सभापति थापाको सन्देश कांग्रेस प्रतिस्पर्धी हो, शत्रु होइन


    ७ असार काठमाडौँ । चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबीच प्रतिस्पर्धाको सम्बन्ध रहेको बताउँदै शत्रुताको भावना नराख्न आग्रह गरेका छन्।

    images

    रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विगतमा गरेका कमजोरी र गल्तीप्रति आफू आत्मालोचित रहेको बताए। उनले राजनीतिक दलहरूभित्र व्यक्तिपूजाको प्रवृत्ति घातक हुने उल्लेख गर्दै कांग्रेसले यसबाट पाठ सिक्नुपर्ने बताए।

    कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, शत्रु होइन,उनले भने, हामीले विगतमा आफ्नै दलका नेतालाई भगवान र बा बनाएर गल्ती गर्‍यौं। अब नयाँ पुस्ताले त्यस्तो गल्ती दोहोर्‍याउनु हुँदैन।

    उनले रास्वपाका नेता तथा कार्यकर्तालाई आफ्ना नेतामाथि प्रश्न उठाउने साहस गर्न पनि सुझाव दिए। आफ्नै नेतालाई प्रश्न गर्ने आँट र साहस गर्नुस्। दलभित्र स्वस्थ बहस र आलोचनाको संस्कृति विकास हुनुपर्छ,उनले भने।

    महामन्त्री थापाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिताको संस्कार आवश्यक रहेको उल्लेख गरे। उनले नयाँ राजनीतिक शक्तिहरूले विगतका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।

    रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा नेताहरूले लोकतान्त्रिक अभ्यास, सुशासन र राजनीतिक सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

    प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - २१:०२:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको