Logo

बुधवार, श्रावण १३ गते २०८३

श्रीमतीमाथि तातो तेल खन्याई कुरुप बनाउने श्रीमान ६ महिनापछि पक्राउ

श्रीमतीमाथि तातो तेल खन्याई कुरुप बनाउने श्रीमान ६ महिनापछि पक्राउ

जोईन खबर

८, आषाढ २०८३
  • 589
    SHARES
  • श्रीमतीमाथि तातो तेल खन्याई कुरुप बनाउने श्रीमान ६ महिनापछि पक्राउ

    ८ असार काठमाडौँ । कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ वर्षीय अशोक भट्टलाई प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो।प्रहरीका अनुसार भट्टले गत पुस १५ गते घरको भान्सा कोठामा सेलरोटी पकाइरहेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याएका थिए।

    images

    घटनामा पीडित महिलाको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर जलन भएको र उनी कुरुप बनेकी थिइन्। घटना लगत्तै भट्ट फरार भएका थिए।उक्त घटनापछि भट्टविरुद्ध तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेू कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। साथै, कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएको थियो।

    फरार अभियुक्तको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई असार ६ गते भीमदत्त नगरपालिका–४ क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन्।

    e69b19b1-2a38-4fe7-960b-f9a5c1a3da45.jfif

     

    प्रकाशित मिति :आषाढ ८, २०८३ सोमवार - १२:०२:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको