Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रतिनिधि विवाद समाधानपछि रास्वपाको बन्दसत्र सुरु हुने तयारी

प्रतिनिधि विवाद समाधानपछि रास्वपाको बन्दसत्र सुरु हुने तयारी

जोईन खबर

९, आषाढ २०८३
  • 280
    SHARES
  • प्रतिनिधि विवाद समाधानपछि रास्वपाको बन्दसत्र सुरु हुने तयारी

    ९ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्दसत्र पुनः सुरु हुने तयारी भएको छ। महाधिवेशन प्रतिनिधि चयन सम्बन्धी विवादका कारण रोकिएको बन्दसत्र पार्टी नेतृत्व र असन्तुष्ट पक्षबीचको छलफलपछि सञ्चालनको तयारीमा पुगेको हो।

    images

    रास्वपाका महामन्त्री कर्विन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरी देखिएको विवाद समाधानतर्फ सहमति जुटाएका हुन्।पार्टीभित्र देखिएको प्रतिनिधि विवादलाई सहमतिमार्फत टुंगो लगाइएपछि रोकिएको बन्दसत्र छिट्टै सुरु हुने तयारी गरिएको नेताहरूले बताएका छन्।

    महाधिवेशनलाई सहमतिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी नेतृत्व, निर्वाचन समिति तथा असन्तुष्ट पक्षबीच निरन्तर संवाद भइरहेको जनाइएको छ। विवाद समाधान भएसँगै बन्दसत्र सञ्चालनको बाटो खुलेको र महाधिवेशनका बाँकी कार्यतालिका पनि अघि बढ्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - ११:४३:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको