Logo

मंगलवार, श्रावण १२ गते २०८३

गोरखाको सुनचाँदी पसलमा मृग फेला, वन डिभिजनको टोलीद्वारा सकुशल उद्धार

गोरखाको सुनचाँदी पसलमा मृग फेला, वन डिभिजनको टोलीद्वारा सकुशल उद्धार

जोईन खबर

१६, आषाढ २०८३
  • 454
    SHARES
  • गोरखाको सुनचाँदी पसलमा मृग फेला, वन डिभिजनको टोलीद्वारा सकुशल उद्धार


    १६ असार काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाको नयाँबसपार्क क्षेत्रमा रहेको सेन्चुरी सुनचाँदी पसल भित्र आश्रय लिइरहेको अवस्थामा एक मृग फेला परेको छ। स्थानीयले पसलभित्र मृग देखेपछि तत्काल वन डिभिजन कार्यालयलाई जानकारी गराएका थिए।

    images

    सूचना प्राप्त हुनासाथ वन डिभिजन कार्यालय गोरखा का कर्मचारीहरूको टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सावधानी अपनाउँदै मृगलाई सकुशल उद्धार गरेको जनाएको छ। उद्धारपछि मृगको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त प्राकृतिक बासस्थानमा छाड्ने तयारी गरिएको वन कार्यालयले जनाएको छ।

    पछिल्लो समय गोरखाका विभिन्न बस्तीमा मृग प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ। यसअघि गोरखा नगरपालिका–हरमटारी क्षेत्रमा एक घर नजिक मृग फेला परेको थियो। त्यसपछि छेपेटारस्थित एक घरमा पनि मृग आश्रय लिएको अवस्थामा उद्धार गरिएको थियो।

    वन्यजन्तु बस्तीमा प्रवेश गर्नुका पछाडि जंगल क्षेत्रको बासस्थानमा आएको परिवर्तन, खाद्यान्नको खोजी वा अन्य वातावरणीय कारण हुन सक्ने अनुमान गरिएको छ। वन डिभिजन कार्यालयले वन्यजन्तु बस्तीमा देखिएमा आफैं समात्ने वा लखेट्ने प्रयास नगरी तत्काल सम्बन्धित निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - १२:४६:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको