Logo

बिहिवार, श्रावण १४ गते २०८३

अजिरकोटका गायक तथा मोडल  बस्यालको नयाँ गीत ‘मदन झैँ मुनालाई’ शुक्रबार सार्वजनिक हुने

अजिरकोटका गायक तथा मोडल  बस्यालको नयाँ गीत ‘मदन झैँ मुनालाई’ शुक्रबार सार्वजनिक हुने

जोईन खबर

१६, आषाढ २०८३
  • 814
    SHARES
  • अजिरकोटका गायक तथा मोडल  बस्यालको नयाँ गीत ‘मदन झैँ मुनालाई’ शुक्रबार सार्वजनिक हुने

    १६ असार काठमाडौँ । । गोरखाको अजिरकोट गाउँपालिकाका चर्चित गायक तथा मोडल रायन बस्यालको नयाँ सांगीतिक प्रस्तुति ‘मदन झैँ मुनालाई’ शुक्रबारदेखि सार्वजनिक हुने भएको छ।

    images

    पछिल्लो समय आफ्ना मौलिक गीत तथा आकर्षक म्युजिक भिडियोमार्फत लाखौँ दर्शक–श्रोताको मन जित्न सफल बस्यालले यसपटक नयाँ शैलीको प्रेमभाव समेटिएको गीत लिएर आउन लागेका हुन्।गीतमा शब्द तथा लय स्वयं रायन बस्यालकै रहेको छ भने चर्चित गायक प्रताप दास र सुमधुर स्वरकी गायिका सुस्मा लोहनीको स्वर सुन्न सकिनेछ। अभिनयतर्फ रायन बस्यालसँगै चर्चित मोडल सन्जना गुरुङको आकर्षक प्रस्तुति रहनेछ।

    लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गायिका सुस्मा लोहनीले ‘पिपल छायामा’ जस्ता चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जितेकी थिइन्। केही समयपछि आफ्नै प्रस्तुतिमा ‘मदन झैँ मुनालाई’ लिएर उनी पुनः सांगीतिक क्षेत्रमा सक्रिय बनेकी छन्।गीतको म्युजिक भिडियोको निर्देशन पनि रायन बस्याल स्वयंले गरेका छन्। गीतमा प्रेम, भावना र नेपाली मौलिकपनलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

    यसअघि रायन बस्यालका ‘घाम पानीको छाता’, ‘गोरखाको भच्चेक’ लगायतका गीतले दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए। नयाँ गीत ‘मदन झैँ मुनालाई’ ले पनि अघिल्ला सिर्जनाजस्तै दर्शकको साथ र माया पाउने विश्वास निर्माण टिमले लिएको छ।रायन बस्याल, प्रताप दास, सुस्मा लोहनी र सन्जना गुरुङको सशक्त सहकार्य रहेको यस गीतलाई शुक्रबार विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने जनाइएको छ। नयाँ प्रस्तुति सार्वजनिक हुने खबरसँगै गीतप्रति दर्शक–श्रोतामाझ उत्सुकता बढेको देखिएको छ।

    प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - १४:०२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको