Logo

मंगलवार, श्रावण १२ गते २०८३

कतारमा नेपाली श्रमिकमाथि श्रम शोषणको आरोपस् २१ महिना काम गरेपछि तलब, ओभरटाइम र सेवा–सुविधा नपाई स्वदेश फर्किन बाध्य

कतारमा नेपाली श्रमिकमाथि श्रम शोषणको आरोपस् २१ महिना काम गरेपछि तलब, ओभरटाइम र सेवा–सुविधा नपाई स्वदेश फर्किन बाध्य

जोईन खबर

१७, आषाढ २०८३
  • 1.2K
    SHARES
  • कतारमा नेपाली श्रमिकमाथि श्रम शोषणको आरोपस् २१ महिना काम गरेपछि तलब, ओभरटाइम र सेवा–सुविधा नपाई स्वदेश फर्किन बाध्य

    १७ असार काठमाडौं। रोजगारीका लागि कतार पुगेका चितवनका एक नेपाली युवा २१ महिना काम गरेपछि आफूले पाउनुपर्ने सेवा–सुविधा नपाई स्वदेश फर्किन बाध्य भएको बताएका छन्। पीडितका अनुसार कम्पनीले अन्तिम महिनाको तलबबाट एकतर्फी हवाई टिकटको खर्च कटाएर नेपाल पठाएको हो। पीडित युवाका अनुसार उनी सानै उमेरमा राम्रो तलब, होटलको काम र टिप्सबाट आकर्षक आम्दानी हुने आश्वासनमा करिब २ देखि ३ लाख रुपैयाँसम्म खर्च गरेर कतार पुगेका थिए।

    images

    तर, त्यहाँ पुगेपछि भनिएकोभन्दा फरक अवस्था भेटिएको उनले बताए। उनलाई मासिक १,४०० कतारी रियाल तलबमा काममा लगाइएको र सानोतिनो गल्ती देखाएर पटक–पटक तीन दिनको तलबसम्म काट्ने गरिएको उनको आरोप छ। उनका अनुसार कम्पनीले ओभरटाइम, ईद बिदा, सार्वजनिक बिदा तथा अन्य बिदामा गरेको कामको पारिश्रमिकसमेत नदिने गरेको थियो। यसरी तलब कटौती भएपछि महिनाभरको कमाइ अत्यन्तै न्यून हुने गरेको उनले बताए। पीडितका अनुसार कतारमा नियमअनुसार कम्पनीले कामदारको राहदानी (पासपोर्ट) आफ्नो नियन्त्रणमा राख्न नपाउने व्यवस्था भए पनि सम्बन्धित कम्पनीले जबर्जस्ती आफ्नो इच्छाले पासपोर्ट कम्पनीलाई जिम्मा दिएको र चाहेको बेला फिर्ता लिन सक्नेू भन्ने कागजमा हस्ताक्षर गराएर कामदारको पासपोर्ट कम्पनीमै राख्ने गरेको आरोप छ।

    २१ महिनासम्म निरन्तर काम गरिरहेका बेला उनका बुवा अचानक बिरामी परेपछि केही दिनका लागि नेपाल आउनुपर्ने अवस्था सिर्जना भएको थियो। उनले कम्पनीसमक्ष बिदाका लागि पटक–पटक निवेदन दिए पनि बेवास्ता गरिएको र पछि यति धेरै निवेदन किन दिएको, काम गर्न मन छैन भने जाऊ, ओभरटाइमको पैसा पनि पाउँदैनौ, यो महिनाको तलबबाट टिकट काटेर नेपाल फर्कू भन्ने जवाफ पाएको दाबी गरेका छन्। त्यसपछि कम्पनीले अन्तिम महिनाको तलबबाट एकतर्फी हवाई टिकटको खर्च कटाएर उनलाई नेपाल फर्काएको र आफूले पाउनुपर्ने ओभरटाइम तथा अन्य सेवा–सुविधा नदिएको उनले गुनासो गरे।पीडितले आफूजस्तै कतारमा कार्यरत धेरै नेपाली श्रमिकहरू श्रम शोषणको सिकार भइरहेको दाबी गर्दै सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेका छन्।हामीले कसलाई भन्ने, कहाँ जाने भन्ने नै थाहा हुँदैन। सुनिदिने र न्याय दिलाइदिने निकाय प्रभावकारी नहुँदा श्रमिकहरू मर्कामा परिरहेका छन्, उनले भने।

    उनका अनुसार सम्बन्धित कम्पनी अहिले पनि नेपालबाट नयाँ कामदार लैजाने तयारीमा रहेको छ। नेपालमा कम्पनीको कार्यालय छैन। बिचौलियामार्फत राम्रो तलब, ओभरटाइम, टिप्स र कम्पनीले टिकट दिने भनेर आश्वासन दिइन्छ। तर कतार पुगेपछि व्यवहार बिल्कुलै फरक हुन्छ। म ठगिएँ, अब अरू नेपाली दाजुभाइ नठगिऊन्, उनले आग्रह गरे।पीडितले आफू कतारमा Tiger cookies  अन्तर्गत सञ्चालन हुने.The Rare Burger का विभिन्न शाखामा कार्यरत रहेको पनि बताएका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हकहित संरक्षणका लागि नेपाल सरकार, नेपाली दूतावास तथा सम्बन्धित श्रम निकायहरूले प्रभावकारी अनुगमन, उजुरी व्यवस्थापन र श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने आवाज उठाउनु पर्नु ति युवाकाे भनाइ छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - २२:३२:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको