Logo

बुधवार, श्रावण १३ गते २०८३

बालेन नेतृत्वको सरकारमा मन्त्री हेरफेरको चर्चा, रविले चार नयाँ मन्त्रीकाे नाम लिदै

बालेन नेतृत्वको सरकारमा मन्त्री हेरफेरको चर्चा, रविले चार नयाँ मन्त्रीकाे नाम लिदै

जोईन खबर

२१, आषाढ २०८३
  • 403
    SHARES
  • बालेन नेतृत्वको सरकारमा मन्त्री हेरफेरको चर्चा, रविले चार  नयाँ मन्त्रीकाे नाम लिदै

    २१ असार काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको १०० दिन पूरा भएसँगै मन्त्रिपरिषद् हेरफेरको चर्चा तीव्र बनेको छ। सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अधिकांश लक्ष्य पूरा हुन नसकेको भन्दै केही मन्त्रीको कार्यसम्पादनप्रति असन्तुष्टि बढेको स्रोतहरूले बताएका छन्।

    images

    स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरूलाई १०० दिनभित्र प्राथमिकताका कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएका थिए। तर अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा छलफल अघि बढेको बताइएको छ।

    स्रोतको दाबीअनुसार स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री गौरीकुमारी यादव, सञ्चारमन्त्री विक्रम तिमिल्सिना तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीको कार्यसम्पादन सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको छ। यद्यपि यस विषयमा सरकार वा सम्बन्धित मन्त्रालयबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

    यसैबीच, स्रोतका अनुसार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच मन्त्रिपरिषद् पुनर्गठनबारे प्रारम्भिक सहमति भएको बताइएको छ। नयाँ मन्त्रीका रूपमा कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना र समीक्षा बास्कोटाको नाम प्रस्ताव गरिएको दाबी गरिएको छ।

    महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका बुर्लाकोटीलाई मन्त्री बनाउने प्रतिबद्धता यसअघि नै गरिएको तथा विभिन्न समूहबीच सन्तुलन कायम गर्न रञ्जु दर्शना र समीक्षा बास्कोटालाई पनि मन्त्रिपरिषद्मा समेट्ने तयारी भएको स्रोतको भनाइ छ।यद्यपि यी सबै दाबीहरूको सम्बन्धमा सरकार, प्रधानमन्त्रीको सचिवालय वा सम्बन्धित राजनीतिक दलबाट कुनै आधिकारिक पुष्टि भएको छैन। त्यसैले मन्त्रिपरिषद् हेरफेरबारे अन्तिम निर्णय आधिकारिक घोषणा भएपछि मात्र स्पष्ट हुने देखिन्छ।

    प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - ०९:४७:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको