Logo

बुधवार, श्रावण १३ गते २०८३

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

जोईन खबर

२३, आषाढ २०८३
  • 430
    SHARES
  • संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित

    २३ असार काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। छलफलपछि उक्त विधेयक बहुमतले स्वीकृत भएको हो।

    images

    यसअघि प्रतिनिधि सभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट समेत पारित भएसँगै आगामी आर्थिक वर्षको बजेटले संघीय संसद्को दुवै सदनबाट आवश्यक संसदीय स्वीकृति प्राप्त गरेको छ।

    राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरेका छन्। बजेट कार्यान्वयनसँग सम्बन्धित कानुनी व्यवस्थालाई अघि बढाउने उद्देश्यले आर्थिक विधेयक संसद्मा प्रस्तुत गरिएको हो।संघीय संसद्को दुवै सदनबाट बजेट पारित भएसँगै अब प्रमाणीकरणपछि आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।

    प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १७:०६:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको