Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री बालेनसहित नेताविरुद्ध अपमानजनक सामग्री प्रसारण गर्ने युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान

प्रधानमन्त्री बालेनसहित नेताविरुद्ध अपमानजनक सामग्री प्रसारण गर्ने युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान

जोईन खबर

२३, आषाढ २०८३
  • 745
    SHARES
  • प्रधानमन्त्री बालेनसहित नेताविरुद्ध अपमानजनक सामग्री प्रसारण गर्ने युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान

    २३ असार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायत विभिन्न राजनीतिक नेताविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पाँचथर जिल्ला अदालतको आदेशपछि फाल्गुनन्द गाउँपालिका–७, पाँचथरका पोखरेललाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    images

    प्रहरीका अनुसार पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनी हाजिर जमानीमा रिहा भएका थिए। तर, सरकारी वकिलको कार्यालयले उनीविरुद्ध साइबर अपराध मुद्दामा अभियोग दर्ता गरेपछि पुनः पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।

    images
    images
    images

    पाँचथर जिल्ला अदालतका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार अदालतले असार १८ गते पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।अनुसन्धानका क्रममा पोखरेलले ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक र गालीगलौजपूर्ण सामग्री नियमित रूपमा प्रसारण गरेको खुलेको प्रहरीले जनाएको छ।

    यस प्रकरणमा प्रहरीको साइबर ब्युरोले समेत अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।अब उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल पुर्पक्षका लागि कारागारमै रहनेछन्। अदालतबाट अन्तिम फैसला भएपछि मात्र उनी दोषी वा निर्दोष भएको कानुनी रूपमा टुंगो लाग्नेछ।

    प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १७:४९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको