२८ बैशाख काठमाडौ।गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने बिनोद थापा मगरको हत्या गरेको अभियोगमा गल्छी गाउँपालिका-८ बस्ने निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा बिनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।